व्यक्तित्वको टकराबले अर्थतन्त्रलाई बन्धक बनाउन हुँदैन : सांसद वाग्ले

जनपत्र
१६ आश्विन २०८०, मंगलवार १६:१२

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले व्यक्तित्वको टकराबले देशको अर्थतन्त्रलाई बन्धक बनाउन नहुने बताउनुभएको छ ।

आज मङ्गलवार प्रतिनिधिसभा अन्तर्गतकाे अर्थ समिति बैठकमा सांसद वाग्लले वित्तीय र मौद्रिक नीतिबीचको तालमेलमा समन्वय नभएको भन्ने गुनासो लामो समयदेखि आएको भन्दै यस्तो बताउनुभएको हो । उहाँले सरकारले देशको अर्थतन्त्र सुधार गर्नका लागि उपभोक्ताको समेत अपेक्षालाई समेटर सरकारले सुक्ष्म अर्थतन्त्रलाई पनि सँगै ध्यान दिनुपर्ने बताउनुभयो ।

सरकारले अर्थतन्त्र सुधारको आधार जलविद्युत् र निर्यात वृद्धि मान्ने सांसद वाग्लेले बताउनुभयो । उहाँले जलविद्युतको याेगदान कुल गार्हस्थ्य उत्पादनमा जम्मा एक प्रतिशत मात्रै रहेको भन्दै तीन हजार मेगावाट जडित क्षमतामा एक प्रतिशतले अर्थतन्त्रमा कति योगदान गर्न सक्छ भन्दै प्रश्न गर्नुभयाे ।

उहाँले भन्नुभयो, ‘सरकारले अर्थतन्त्र सुधारकाे आधार जलविद्युत् र निर्यात वृद्धि मानेकाे छ । जलविद्युतको याेगदान कुल गार्हस्थ्य उत्पादनमा जम्मा एक प्रतिशत मात्रै छ । वित्तीय र मौद्रिक नीतिबीचको तालमेलमा समन्वय नभएको भन्ने गुनासो लामो समयदेखि चल्दै आएको छ । व्यक्तित्वको टकराबले सम्पूर्ण राज्यको नीतिलाई बन्धक बनाउन हुँदैन ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*