स्वास्थ्य क्षेत्रमा नाफा कमाउने भन्दा पनि सेवा गर्नुपर्छ–मेयर महत

हेटौंडा । हेटौंडा १ स्वर्गद्वारी चोकमा हेटौंडा डाइग्नोष्टिक सेन्टरको आज उद्घाटन् गरिएको छ । ४ करोड ५० लाख रुपैयाँ लगानीमा स्थापना गरिएको डाइग्नोष्टिक सेन्टरमा अत्याधुनिक सिटीस्क्यान मेसिन र अल्ट्रा साउन्ड मेसिन राखेर काम सुरु गरिएको हो ।
हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले डाइग्नोष्टिक सेन्टरको उद्घाटन् गर्दै निजी क्षेत्रको लगानीमा हेटौंडामा यती ठुलो काम गरिएकोमा प्रसंसा व्यक्त गर्नुभयो । निजी क्षेत्रबाट सञ्चालन भएका मेडिकल क्षेत्रमा धेरै खालका गुनासो रहेको बताउँदै मेयर महतले भन्नुभयो–‘ल्याव खोलेर एकै पटक धेरै पैसा कमाउनु भन्दा पनि सेवा प्रतिको भावना बडी हुन आवस्यक छ ।’ स्वास्थ्य क्षेत्रमा काम भनेको पहिलो सेवा रहेको र त्यसपछी मात्र नाफालाई हेर्न सुझाब दिनुभयो ।
सिटी स्क्यान मेसिन ३ करोड र अल्ट्रा साउन्ड मेसिन १ करोडमा खरिद गरेर हेटौंडामा आजबाट औपचारिक रुपमा सञ्चालनमा ल्याइएको डाइग्नोष्टिक सेन्टरका संञ्चालक डाक्टर अशोक तायलले जानकारी दिनुभयो । कार्यक्रममा प्रदेश नम्बर ३ प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायव उपरिक्षक शेरबहादुर वस्नेतले हेटौंडामा स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन यहाँबाट पनि सहयोग पुग्ने वताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष प्रताप विष्ट लगायतकाले मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा हेटौंडा अस्पतालका प्रमुख डाक्टर प्रविण श्रेष्ठ, शिक्षाविद् पुरनबहादुर जोसी, डाक्टर मिथलेश ठाकुर लगायतकाको सहभागिता रहेको थियो ।