१८ वर्ष वैदेशिक रोजगारीपछि गाउँमा बीउ र तरकारी खेती, वर्षमा १४ लाख आम्दानी

जनपत्र
१५ आश्विन २०८०, सोमबार १५:३९

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाका ५३ वर्षीय चन्द्रकान्त डुम्रेले मौसमी तथा बेमौसमी तरकारी तथा बीउ बिक्री गरेर वार्षिकरूपमा रु १४ लाख बढी आम्दानी गर्दै आएका छन् ।

डुम्रेले जनकदेव, खुमल रातो खुमल उज्वल, एमएस ४२ जातको आलुको बीउ बिक्रीबाट वार्षिक रूपमा रु पाँच लाख, बोडी बिक्रीबाट तीन लाख ५० हजार, घिरौँला, काँक्रा, करेला र लौका बिक्रीबाट रु दुई लाख, रामधानको बीउ बिक्रीबाट एक लाख ५० हजार रुपैयाँ आम्दानी गरेका हुन् ।

त्यस्तै अरुण दुई जातको मकैको बीउ बिक्रीबाट ८० हजार गरी वार्षिक औसतमा चौध लाख भन्दा बढी आम्दानी गरेका छन् । भारत, मलेसिया तथा जापानमा करिब १८ वर्ष वैदेशिक रोजगारीबाट स्वदेश फर्किएर उनले कृषि काम गर्न थालेका हुन् ।

‘विभिन्न देशमा रोजगारी गरेँ अन्त्यमा आफ्नै देशमा फर्केर कृषि कार्य गर्दै आएको छु’, डुम्रेले भने, ‘चन्द्रकान्त डुम्रे कृषि फार्म दर्ता गरी झण्डै एघार वर्षअघिदेखि व्यावसायिक कृषिको सुरुआत गरेको हुँ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*