पोखरा उडेका जहाज विमानस्थलको सञ्चार उपकरणमा समस्या भएपछि काठमाडौं फर्किए

जनपत्र
१५ आश्विन २०८०, सोमबार १०:१७

काठमाडौं । पोखराका लागि उडेका विमान काठमाडौं फर्किएका छन् ।

त्रिभुवन विमानस्थलबाट उडेका विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या भएपछि काठमाडौं नै फर्किएका हुन् ।

आज बिहान यति एयरलाइन्स र श्री एयरलाइन्सका विमान पोखरा अवतरण नगरी काठमाडौं फर्केको त्रिभुवन विमानस्थल स्रोतले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*