हेटौंडा– १८ का वडा अध्यक्ष बानियाँको उदाहरणिय काम, क्याम्पस पढ्ने बिद्यार्थीलाई निशुल्क बस सेवा

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१८ का वडा अध्यक्ष अनिल बानियाँले उदाहरणिय काम सुरु गर्नु भएको छ । आफ्नो वडाबाट टाढाको बाटो क्याम्पस पढ्न जाने बिद्यार्थीहरुलाई निःशुल्क बस सेवा सुरु गर्नु भएको छ ।
१८ नम्बर वडाबाट हेटौंडाको बजार क्षेत्रमा रहेका क्याम्पसमा अध्ययन गर्न आउनका लागि १८ किलोमिटर टाढा पर्छ । बस भाडा तिरेर बिद्यार्थीलाई आउन पनि समस्या छ । त्यसैले त्यसवडाबाट क्याम्पस पढ्न आउने बिद्यार्थीका लागि निःशुुल्क बस सेवा सुरु गरिएको वडा अध्यक्ष बानियाँले बताउनुभयो ।
यस वडाबाट १२९ जना बिद्यार्थी हेटौंडा बजार आसपासका क्याम्पसमा अध्ययन गर्न आउने गरेका छन् । ती बिद्यार्थीहरुको बसभाडा वडा कार्यालयले तिरिदिन लागेको उहाँले बताउनुभयो । बितेको भर्दा १७ गते देखि यस क्षेत्रमा निशुल्क बस सेवा सुरु भएको हो ।
पढ्न चाहने बिद्यार्थीका लागि यो नयाँ सुरुवात रहेको उहाँले बताउनुभयो । गाउँका अभिभाबकसंग भर्ना, मासिक शुल्क तिर्नका लागि पनि रक हुँदैन । अझ बसभाडा तिर्नका लागि रकम हुने कुरै भएन । हरेक दिन क्याम्पस आउन जानका लागि बसभाडा महगो पर्ने, कोठा भाडामा लिएर पढ्नका लागि बिद्यार्थीका लागि सहज नहुने भएकाले यसतर्फ सहयोग गरिएको वडा अध्यक्ष बानियाँले बताउनुभयो ।