तील : आँखा र दिमाखका लागि लाभदायक

जनपत्र
१२ आश्विन २०८०, शुक्रबार ०६:५१

स्वास्थ्य कायम राख्नका लागि तिलको ठूलो महत्व छ। तिलमा पाइने  पौष्टिक तत्वले शरीरलाई चुस्तदुरुस्त राख्न मद्दत गर्छ ।तिलमा पाइने लेसिथिन दिमाग र आँखाका लागि लाभदायक हुन्छ।

तिलमा पाइने सेसामोल नामक तत्वले डिएनएलाई परावैजनी किरणजन्य हानिबाट जोगाउँछ।तिलका गेडामा फाइबर हुन्छन् जसले स्वस्थ पाचन प्रणाली बनाउनका लागि मद्दत गर्छन्। तिलको नियमित सेवनले कब्जियत हुन दिँदैन ।

तिलका गेडामा पाइने म्याग्नेसियमले श्वासप्रश्वासमा हुने ऐंठन हटाएर दम लगायतका रोग लाग्न दिँदैन।तिलका गेडामा पाइने तामाले बाथजन्य पीडा घटाउँछ । यसले रक्तकोषिका, हड्डी र जोर्नीहरूलाई बलियो बनाउँछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*