हेटौंडामा राप्ती खोलाले बगाउँदा बालकको मृत्यु

जनपत्र
९ आश्विन २०८०, मंगलवार १९:०८

हेटौंडा / हेटौंडामा आज दिउँसो राप्ती खोलाले बगाउँदा एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ भैरवरोड बस्ने १० वर्षीय संसाद अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

आफ्नो परिवारसंग आज दिउँसो हेटौंडा उपमहानगरपालिका वडा नं १ स्थित तरकारी बजार नजिकै राप्ती खेलामा नुहाउन गएका थिए । सोही क्रममा खोलाले अन्सारीलाई बगाएको थियो ।

हेटौंडा उपमहानगरपालिका वडा नं १० स्थित राप्तीपुल नजिकै खोलामा अन्सारी बगिरहेको देखेपछि स्थानीयहरुले देखेपछि उद्धार गरेर हेटौंडा अस्पताल लगेको थिए । उनको दिउँसो १२ बजेर ५० मिनेटमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

बालकको शव हेटौंडा अस्पतालको शव गृहमा राखिएको छ । कानुनी प्रक्रिया पुरा गरी शव आफन्तलाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*