साफ यू–१९ च्याम्पियनशिप : पहिलाे हाफमा नेपाल २ गाेलले अगाडि

जनपत्र
८ आश्विन २०८०, सोमबार १५:१८

काठमाण्डाै – १९ वर्षमुनिको (यू–१९) साफ च्याम्पियनशिप फुटबलमा नेपाल र माल्दिभ्ससँगकाे खेलकाे पहिलाे हाफ सकिएकाे छ ।

त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भइरहेकाे खेलकाे पहिलाे हाफ सकिँदा नेपाल २ गाेलले अघि छ । नेपालका लागि प्रशान्त लक्समले १८ औँ र समिर तामाङले ३० औँ मिनेटमा गाेल गरे ।

प्रतियोगिताको सेमिफाइनलमा पुग्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपाल अङ्कविहीन अवस्थामा छ । पाकिस्तान भने दोस्रो खेलमा माल्दिभ्ससँग १–१ को बराबरी खेल्दै २ खेलबाट ४ अङ्कसहित सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*