हेटौंडाको बालजागृतिमा विज्ञान र कारखाना किड्सको प्रदर्शनी

जनपत्र
८ आश्विन २०८०, सोमबार १३:१२

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ मा रहेको बालजागृति बोडिङ स्कुलको आयोजनामा आज बिद्यालय परिषरमा विज्ञान र कारखाना किड्सको प्रदर्शनी गरिएको छ ।

बिद्यालयका ६, ७ र ८ कक्षामा अध्ययनरत सबै ३६८ जना बिद्यार्थीले आफुले तयार पारेका सामाग्रीहरुको प्रयोगात्मक समेत गरेर देखाउँदै प्रदर्शनीमा राखेका थिए ।

बिद्यार्थीको सिप, ज्ञान र क्षमतालाई समुहगत कार्यबाट काम गर्नका लागि प्रोत्साहित गर्ने उदेस्यले यो प्रदर्शनी गरिएको बिद्यालयका प्रिन्सीपन बिनोद सुवेदीले जानकारी दिनुभयो ।

बिद्यार्थीहरुको प्रतिभा परिचान गरेर बिद्यालयले आवस्यक लगानी गरेर यो कार्यक्रम गरेको हो । बिद्यालयको चौरमा राखएको प्रदर्शनीमा ९२ वटा फरक फरक प्रकारका सामाग्रीहरु बिद्यार्थीले तयार पारेर राखेका छन् ।

बिद्यार्थीहरुले खोज र अनुसंधानबाट तयार पारेर आफ्ना अभिभावकहरुलाई, आगन्तुकहरु, शिक्षकहरुलाई यसका बारेमा बुझाएका छन् । बालबालिकाहरुका लागि अवसर प्रदान गरेर पढाइ र प्रयोगात्मक सिकाइलाई संगसंगै लैजानका लागि सहयोग पुगेको प्रिन्सिपल सुवेदीले बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*