राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा विशेष पूजा अर्चना

जनपत्र
८ आश्विन २०८०, सोमबार ११:१०

जनकपुरधाम । राष्टप्रति रामचन्द्र पौडेल जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा दर्शन तथा पूजा अर्चना गरेका छन् ।

राष्ट्रपति भएपछि पहिलोपटक जनकपुरधाम आएका उनले जानकी मन्दिरमा विशेष पूजा अर्चना गरेका हुन् ।

राष्ट्रपति पौडेलले जनकपुरधाम उपमहानगरपालिकाले व्यवस्था गरेको कपडाको चप्पल लगाएर जानकी मन्दिरको दर्शन तथा पूजा गरेका हुन् । यस विषयमा आलोचना भएको छ ।

आज दिउँसो जनकपुरधाममा जिल्ला प्रहरी कार्यालय अगाडि निर्मित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*