खानेपानी सुरक्षा योजना र सामाजिक जवाफदेहीता सम्वन्धी एक दिने कार्यशाला

जनपत्र
४ भाद्र २०७६, बुधबार १७:४२

हेटौंडा । खानेपानी सुरक्षा योजना र सामाजिक जवाफदेहीता (जागरण) सम्वन्धी एक दिने कार्यशाला आज हेटौंडामा भएको छ । फर्नबोर्डको आयोजनामा बोर्ड अन्तरगतका ३० वटा सहयोगी संस्थाहरु र तीनै गैरसरकारी संस्थाका अध्यक्ष र टोलीनेताहरु संग अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा फर्न बोर्डका कार्यकारी निर्देशक लिला प्रसाद ढकाल, बोर्डका मानव संसाधन महाशाखाका प्रमुख टिका अधिकारीले कार्यक्रममा अहिले सम्म भएगरेका काम र अव गर्नुपर्ने सुधारका कामका बिषयमा जानकारी गराउनु भएको छ । एक दिने कार्यक्रममा सहजीकरण गर्दै ढकाल र अधिकारीले हिमाल, पहाड, तराईका जिल्लाला गरी २२ जिल्लालाई समेटेर बोलाइएको कार्यक्रममा हालसम्म आईपरेका समस्याहरु र समाधानका उपायहरु समेत जानकारी गराउनुभयो । पानी सुरक्षा योजना लागू गर्नका लागि यो कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने आयोजकले जनाएको छ ।

फर्न बोर्डले नेपालमा सन २०१४ देखि सुरु गरेको काम २०२० सम्ममा सक्ने योजना बनाएको छ । देशैभरी ५ सय ४७ वटा खानेपानीका योजना निर्माण गरिएको बोर्डका कार्यकारी निर्देशक ढकालले बताउनुभयो । गत वर्ष सम्म मात्र २ सय ५० वटा योजनाको काम सकिएका छन् । यी योजनाबाट एक लाख ४७ हजार परिवार लाभान्वीत भएका छन् ।

हिमाली जिल्लामा योजनाहरु सकिने चरणमा रहेको र तराईका जिल्लामा निर्माण गरिएको एक सय १७ वटा ओभरहेड ट्याङकीहरु ऋाउदो असार महिना सम्म सक्ने तयारी रहेको बोर्डले जनाएको छ । मकवानपुरमा मात्र ग्रामिण खानेपानी तथा सरसफाई आयोजनाले एक सय १ सय १९ वटा खानेपानीका योजना सकिसकेका छन् । २०५३ साल देखि अहिले सम्म यी योजनाहरु सकिएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*