मकवानपुरमा नापी नभएका जग्गाको लालपूर्जा दिने बाटो खुल्यो

हेटौंडा । मकवानपुरमा घर जग्गा भएर पनि सुकुम्वासी जस्तै बन्नुपरेका हजारौ परिवारको समस्या समाधान हुने भएको छ । मकवानपुरका सांसद कृष्ण प्रसाद दाहालले पटक पटक संघिय संसदमा जिल्लाका बषौदेखि आफ्नै जग्गा भएको तर, नापी नभएका परिवारको जग्गा नापी गर्नका लागि कुरा उठाउनुभएको थियो । उनीहरुको समस्या अव समाधान हुनेगरी नापी नभएका जग्गा नाप्नका लागि बाटो खुलेको सांसद दाहालले बताउनुभयो ।
बिशेषगरी मकवापनुरको बकैयाँ, बागमती, मनहरी, राक्सीराङ, कैलाश र मकवानपुर गढी गाउँपालिकामा जग्गा भएर बषौदेखि भोग चलन भएको छ । उनीहरुको नाममा लालपूर्जा नहुँदा समस्या भोग्दै आएका छन् । अव अव्यवस्थित बसोवासीहरुको जग्गा नापी गरेर लालपूर्जा दिने तयारीका साध बिधयक स्वीकृत भएको सांसद दाहालले बताउनुभयो । भूमिसम्बन्धी आठौँ संशोधन विधेयक प्रतिनिधि सभाबाट स्वीकृत भएको छ । यो स्वीकृत भएसंगै अव राष्ट्रिय सभाले पनि केही संसोधनका साथ स्वीकृत गरेपछी लालपूर्जा दिने कानूनी बाटो खुल्ने छ ।
भूमिसम्बन्धी आठौं संशोधन विधेयक २०७५ का सम्बन्धमा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनको क्रम संख्या १ देखि १० सम्म उल्लेखित संशोधनसहित मंगलबार प्रतिनिधि सभाबाट सर्वसम्मतिले स्वीकृत भएको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मावकुमारी अर्यालले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहितको ‘भूमिसम्बन्धी आठौं संशोधन विधेयक २०७५’ माथि छलफल गरियोस् भनी संसदमा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
त्यस अवसरमा विधेयकमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा्कुमारी अर्यालले भूमि सम्बन्धी आठौं संशोधन विधेयकमाथि सांसदहरूले दिएको सुझावहरूमा सरकारको ध्यान जाने बताउनुभयो । नियमावलीमार्फत आएका सुझावहरू समेटेर अझ परिष्कृत बनाएर जाने मन्त्री अर्यालले बताउनुभयो ।