जहाँ मुसाको मासु विक्री गरिन्छ

भारतको असममा एउटा अनौठो बजार छ, जहाँ कुखुरा, खसीको होइन मुसाको मासु बिक्री हुन्छ । भारतको असामस्थित कुमारिकता गाउँका मानिसहरुले आफ्नो खेतीबाली मुसाले सखाप पारेपछि मुसा मारेर बजारमा बेचेको थिए । ग्राहकहरुले रुचाएपछि पछिल्लो समय मुसाको मासुको माग बढिरहेको छ ।
यहाँ हरेक आइतबार एउटा हाटबजार लाग्छ, जहाँ मुसाको मासु बेचिन्छ । अहिले स्थानीय मानिसहरुका लागि मुसाको मासु एउटा पारम्परिक भोजन समेत बन्न थालेको छ । स्थानीय हाटबजारमा मुसाको मासु प्रतिकिलो २ सय भारु सम्ममा बिक्ने गरेको छ । किसानहरुले रातमा १० देखि २० किलोसम्म मुसा समाउने गरेको र त्यसरी समाएको मुसाको मासु बेचेर जीविका चलाउन थालेका छन् ।