मिनी ट्रकले ८ वटा भेडा मरे, मालिकले डेढ लाख क्षतिपूर्ति तिर्नुपर्यो

बाँकेको कोहलपुरमा मिनि ट्रकले कुल्चिँदा आठ वटा भेडा मरेका छन्। ट्रकको ठक्करबाट ५ वटा भेडा घाइते भएका छन्। कोहलपुर–१४, हवल्दारपुरमा हंसराज गडरियाले चराउन लैजाँदै गरेका भेडालाई ट्रकले ठक्कर दिएको थियो। बाटो क्रस गर्दै गरेका भेडाको हुललाई ट्रकले ठक्कर दिएपछि आठ वटा भेडा मरेका थिए भने ५ वटा घाइते भए। भे १ ख २१६६ नम्बरको मिनि ट्रकले भेडालाई ठक्कर दिएको थियो।
घटना मंगलबार दिउँसोको हो। अपरान्ह भेडा र गाडी मालिकबीचमा सहमति भएको छ। सहमति अनुसार, एउटा भेडालाई १२ हजारका दरले गाडी मालिकले क्षतिपूर्ति तिरेका छन्। आठ वटा मरेको र ५ वटा घाइते भएको भेडालाई प्रति भेडा १२ हजारका दरले क्षतिपूर्ति तिरिएको छ। गाडी धनीले भेडा मालिकलाई एक लाख ५६ हजार तिरेका हुन्।