यस्ता छन् कपाल स्याहार गर्ने १२ तरिका

जनपत्र
४ भाद्र २०७६, बुधबार ०५:५२

पछिल्लो समय धेरै मानिसहरुमा कपाल झर्ने समस्या देखिने गरेको छ । मानिसले कपालको स्याहार बढी गर्दा र स्याहार नै नगर्दा कपाल झर्ने समस्या देखिने सौन्दर्यरोग विशेषज्ञ डा. धबेन्द्र कर्णले बताए । “कपाल नुहाउँदा स्यापू प्रयोग गर्दा माड्ने गरेको देखिन्छ, जसले गर्दा कपाल टुक्रिने तथा झर्ने समस्या हुन्छ । त्यसकारण कपालमा विस्तारै मसाज गर्दै, नरगडी स्याम्पूको प्रयोग गनुपर्छ, ” उनले भने, “कपालमा गन्ध र रंगरहित तेलको प्रयोग गर्ने, कपालमा केमिकल भएको हेयर कलर प्रयोग नगर्ने र कपाल नुहाइसकेपछि टावेलले झट्कारेर सुकाउने बानी हटाएमा कपाल झर्ने समस्याबाट बच्न सकिन्छ । ”

कपालको स्याहार गर्ने १२ तरिका

१.कपाल रगडेर स्याम्पू गर्दा कपाल बिग्रन सक्छ, त्यसैले कपालमा विस्तारै मसाज गर्दै, नरगडी स्याम्पूको प्रयोग गर्ने र धाराको पानीमा कपाललाई पखाल्नुपर्छ ।

२. हरेक पटक स्याम्पू प्रयोग गरेपछि कन्डिन्सनरको प्रयोग गर्ने ।

३. यदि तपाइँ स्विमिङ गर्नुहुन्छ भने तपाईको कपाल स्विमिङ पुलको केमिकलले कडा बनाउन सक्छ । त्यसैले स्विमिङ जाँदा स्विमिङ टोपी लगाउनुपर्छ ।  स्विमिङ गरेपछि कपाल राम्रोसँग पखाल्ने र स्यापू र कन्डिसनरको प्रयोग गर्नुपर्छ ।

४. कपाल टावेल वा रुमालले रगड्दा सुख्खा भएर झर्ने हुन्छ । त्यसैले कपाललाई आफैँ हावााम सुक्न दिनुपर्छ ।

५. कपाल सुकाउँदा हेयर ड्रायर प्रयोग सकेसम्म गर्नुहुँदैन ।

६. चिसो कपाल कोर्नु हुँदैन । यदि कपाल सिधा छ भने आफैँ सुख्खा हुन दिनुपर्छ । विस्तारै ठुलो दाँत भएको काइयोले कपाल कोर्ने र बाँगो वा कर्ली कपाल छ भने कपाल चिसोमा नै कोर्ने ।

७. कपाल कसिने गरी बाँध्दा टुक्रिने र झर्ने हुन्छ , त्यसैले खुकुलोसँग कपाल बाँध्नुपर्छ ।

८. कपालमा सकेसम्म कलरको प्रयोग नगर्ने, कपाल छोड्ने वा स्ट्रेड गर्ने तथा कर्ली गर्ने गर्नाले कपाल बिग्रनुका साथै  टुक्रिने र झर्ने हुन्छ ।

९.कपाल राम्रो देखाउने ,सजाउने र कपालको जरा तान्ने गरुङ्गो सामानहरुको प्रयोग गर्दा कपाल बिग्रन्छ त्यसैले यस्ता सामानहरु प्रयोग नगर्ने ।

१०. घाममा जाँदा टोपी लगाउने ।

११. कपाल धेरै नकोर्ने ।

१२. यदि माथिका सल्लाह अनुसार कपालको स्याहार गर्दासमेत कपाल झर्ने समस्या रोकिएन भने  तुरुन्त सौन्दर्य विशेषज्ञलाई देखाउने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*