रवि लामिछानेसहित तीनैजनालाई थप पाँच दिन थुनामा राख्‍न अदालतको अनुमति

जनपत्र
३ भाद्र २०७६, मंगलवार १७:२८

पत्रकार रवि लामिछानेसहित तीन जनालाई हिरासत मै राखेर अनुसन्धान गर्न फेरी पाँच दिनको म्याद थपिएको छ । म्याद थप गर्नका लागि आज (मंगलबार) जिल्ला अदालत चितवनमा उपस्थित गराइएको थियो ।

पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई अनुसन्धानका लागि म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो । एसपी मल्लले पोस्टमार्टम रिपोर्ट, भिडियोको डिजिटल ल्याब रिर्पोट, पुडासैनीले डोरी किनेको सीसीटीभी फुटेजलगायत अन्य रिर्पोटहरुसहित म्याद थपका लागि अदालतमा पेस गरिएको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*