९४ प्रतिशत रोपाइँ सम्पन्न

जनपत्र
३ भाद्र २०७६, मंगलवार ०६:५९

हालसम्म मुलुकमा ९४ प्रतिशत रोपाइँ सम्पन्न भएको जनाइएको छ । रोपाइँको ‘सिजन’ सकिन लाग्दा साउन मसान्तसम्म ९४.४३ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको हो । रोपाइँको मुख्य सिजन असार र साउन महिना सकिँदासम्म अझै ६ प्रतिशत रोपाइँ हुन भने बाँकी नै रहेको जनाइएको छ ।

गत वर्ष यसै अवधिसम्म कुल ९५.३९ प्रतिशत रोपाइँ सम्पन्न भएको मन्त्रालयको तथ्यांक छ । यस वर्ष सुदूरपश्चिम प्रदेशमा सबैभन्दा उच्च शतप्रतिशत रोपाइँ सकिएको छ भने गन्डकी प्रदेशमा सबैभन्दा कम अर्थात् ८८.९२ प्रतिशतमात्रै रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ । यस्तै, प्रदेश नम्बर–१ र प्रदेश नम्बर–२ मा ९३ प्रतिशत, प्रदेश नम्बर–३, प्रदेश नम्बर–५ र कर्णाली प्रदेशमा ९६ प्रतिशत रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*