रवि लामिछाने बचाऊ संघर्ष समितिका अध्यक्षको राजीनामा

जनपत्र
३ भाद्र २०७६, मंगलवार ०६:५७

रवि लामिछाने बचाऊ संघर्ष समितिका अध्यक्ष सरोज घिमिरेले राजीनामा दिएका छन्। सोमवार राति पत्रकार सम्मेलन गरी आफू अब संघर्ष समितिको अध्यक्षमा नरहेको उनले जनाएका छन्।  उनले छानविन नै प्रभावित हुने गरी उच्छृंखल गतिविधि हुन थालेकाले अध्यक्षको भूमिकामा नरहने निर्णय लिएको बताए। शान्तिपूर्ण आन्दोलन हुनुपर्नेमा आन्दोलनको मर्मलाई अन्तै मोड्न खोजेको उनको भनाई छ।  ‘स्वतन्त्र छानविन र निष्पक्ष न्यायको लागि शान्तिपूर्ण कार्यक्रम सञ्चालन गर्दै भइरहेको थियो’, घिमिरेले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो समितिको नामबाट हुने कार्यक्रममा असान्दर्भिक व्यक्ति पसेर गणतन्त्रमाथि नै प्रहार हुने गरी कार्यक्रमलाई भड्काउन खोजियो। असान्दर्भिक रुपमा व्यक्ति विशेष र गणतन्त्रमाथि नै प्रहार हुन थाल्यो। आन्दोलनलाई कमजोर बनाई भड्काउन थालेपछि मैले समितिमा बस्नुको औचित्य देखिनँ।’ उनले समितिका नाममा केहीले व्यक्तिगत फाइदा उठान खोजेको र छानबिनलाई झनै प्रभावित बनाउने उच्छृंखल गतिविधि हुन थालेको बताएका छन्। रवि लामिछाने बचाऊ संघर्ष समितिको अध्यक्षमा सरोज घिमिरे, उपाध्यक्षमा भरत पोखरेल, तारा बराल, सचिवमा शंकर तिवारी, सह–सचिव कृष्णप्रसाद भुषाल, कोषाध्यक्ष कल्पना श्रेष्ठ, सदस्यहरुमा इश्वर ढुंगाना, अर्जुनप्रसाद अधिकारी, सन्ध्या सापकोटा, सीताराम भट्टराई र सुमन आचार्य थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*