पारसले भने- मेरो छोराको अनुहारमा पुलिसको डन्डा देखेपछि मैले होस गुमाएँ

जनपत्र
३ भाद्र २०७६, मंगलवार ०६:४६

पूर्वयुवराज पारस शाहले आइतबार बिमानस्थलमा एक प्रहरी अधिकारीलाई गरेको भनिएको दुर्व्यवहारबारे मुख खोलेका छन्।उनले शुक्रबार उपचारका लागि बैँकक जान लागेकी आफ्नी आमालाई छाड्न आफूसँगै विमानस्थल पुगेका आफ्ना छोरा हृयदेन्द्रको अनुहारमा प्रहरीको लाठी देेखेपछि होस गुमाएको प्रतिक्रिया सामाजिक सञ्जालमार्फत दिएका छन्।

बैँकक जान लागेकी आफ्नी आमालाई छाड्न पारस उनका छोराछोरीसहित काठमाडौँ विमानस्थल पुगेका बेला उनले प्रहरीलाई दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि उनको आलोचना भएको थियो। उनले फेसबुकमा लेखेका छन्- मैले हिजो विमानस्थलमा भएको कुरा आफ्ना मानिसहरुलाई बताउनैपर्छ। मेरी आमा वायोप्सीका लागि बैँकक जाँदै हुनुहुन्थ्यो। पछिल्लो समयमा मेरो खराब मुड चलिरहेको छ। त्यहीमाथि मैले मेरो छोराको अनुहारमा प्रहरीको डन्डा देखेपछि होस गुमाएँ। म सम्बन्धित पक्षसँग माफी चाहन्छु। तर मेरो ठाउँमा अर्को जोसुकै नेपाली बुवा भए पनि त्यही गर्थ्यो। बाँकी म यसबारे निर्णय गर्न नेपाली जनतालाई छाड्न चाहन्छु।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*