सङ्घीयता सफल हुन्छ : मन्त्री पण्डित

जनपत्र
३ भाद्र २०७६, मंगलवार ०६:४५

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नेपालको सङ्घीयताको अभ्यास अन्य देशको भन्दा फरक शैलीको भएको र आफ्नै तरिकाले हुर्किँदै गएकोले विस्तारै सफल हुने विश्वास व्यक्त गरेका छन् । एशिया मिडिया फोरम र सङ्घीय मामिला मन्त्रालयद्वारा यहाँ आयोजित ‘सङ्घीयताको अभ्यासमा सुसूचीत नागरिकका लागि मिडियाको सहभागिता’ विषयक तीनदिने गोष्ठीको उद्घाटन गर्दै उहाँले सो कुरा बताएका हुन् ।

मन्त्री पण्डितले भने, “संविधान जारी गरेर सङ्घीयता कार्यान्वयन गरिसक्यौं र सिक्दैछौं ? सङ्घीयता बच्चै छ, विस्तारै हुर्किंदैछ ।” कार्यान्वयनकै अवस्था भएको हुनाले सङ्घीय व्यवस्थालाई सफल पार्नका लागि प्रतिक्षा गर्नुपर्ने उनको भनाइ थियो । मन्त्री पण्डितले भने, “विवाह गरेको नयाँ जोडी चिटिक्क परेको हुन्छ, फोटो खिचँुखिचुँ लाग्छ, तर सुत्केरी महिला र भर्खर जन्मेको बच्चा चिटिक्क परेको हुँदैन, त्यसका लागि प्रतिक्षा गर्नुपर्छ, सङ्घीयता पनि त्यस्तै हो ।”

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*