राष्ट्रिय फोटो पत्रकार समुह प्रदेश ३ समिति गठन

जनपत्र
२ भाद्र २०७६, सोमबार १४:५३

राष्ट्रिय फोटो पत्रकार समुह प्रदेश ३ समितिको प्रथम भेला आज सोमबार सम्पन्न भएको छ ।

धादिङ जिल्लाको धादिङबेसीमा आयोजित भेलाले समुहको अध्यक्षमा नारायण बहादुर शिलवाललाई चयन गरेको छ । त्यसैगरी समुहको उपाध्यक्षमा सुदिप शिवाकोटी, सचिवमा राजन अधिकारी, कोषाध्यक्षमा लोकेन्द्र लिम्बु चयन भएका छन् ।

समुहको सदस्यहरुमा कपिल खड्का राजेन्द्र आचार्य, र राजेन्द्र गजुरेल चयन भएका हुन् । भेलाले उक्त समुहको सल्लाहकारमा अग्रज पत्रकारहरु हरिहर सिंह राठोर र गिरिजा अधिकारीलाई चयन गरेको छ ।

भेलाले प्रदेशका अन्य जिल्लाहरुमा पनि फोटो पत्रकार समुह गठन गर्ने र गठन भईसकेका जिल्लालाई झनै व्यवस्थित बनाउने निर्णय गरेको समुहका उपाध्यक्ष शिवाकोटीले जानकारी दिए ।

समुहले केन्द्रीय समितिसंग समन्वय गरेर प्रदेशका सबै जिल्लामा सदस्यता विस्तार गर्ने गरी निर्णय गरेकोसमेत उपाध्यक्ष शिवाकोटीले बताए । तुखवरबाट साभार ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*