रुखले किच्दा भारतमा दुई नेपालीको मृत्यु
भारतको हिमाञ्चल राज्यको शिमला जिल्लाको नारकन्दमा रुखले किचेर दुई नेपालीको मृत्यु भएको छ। पाँच नेपाली घाइते भएका छन्। मृतकहरू नेपालको बाँके जिल्लाका हुन्। उनीहरू शिमलामा मजदुरी गर्दै आएका थिए।
विगत दुई दिनदेखि भएको भारी वर्षाका कारण रुख ढलेर घाइते भएका सात नेपालीमध्ये दुईको मृत्यु भएको अखिल नेपाल भारतीय एकता मञ्चका सचिव आरबी खडकाले जानकारी दिए। उनका अनुसार मृतक दुईजनाको पोस्टमार्टम गरी शव नेपाल लैजाने प्रकृया थालिएको छ। मृत्यु हुनेमा बाँकेको विनुवा चिलहरिया गाउँका सन बहादुर पून मगर र अर्जुन बुढा मगर छन्।