पत्रकार पुडासैनी आत्महत्या प्रकरणमा सीआईबीको पनि अनुसन्धान

पत्रकार शालिकराम पुडासैनीको रहस्यमय मृत्यु प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले पनि अनुसन्धान सुरु गरेको छ। चितवन प्रहरीले भने आत्महत्या दुरुत्साहन कसुरमा रवि लामिछानेसहित तीन जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।
रविलाई फसाउन खोजिएको भन्दै दिनहुँ प्रदर्शन भइरहेको बेला जघन्य अपराधको अनुसन्धान गर्ने विशिष्ट इकाई सीआईबीले यसमा हात हालेको हो। पुडासैनी साउन २० गते चितवनको एक होटलमा झुन्डिएको अवस्थामा फेला परेका थिए।
रवि लामिछानेले चलाउने चर्चित कार्यक्रम सिधा कुरा जनतासँगमा दुई महिना अघिसम्म काम गर्थे सालिकराम। आत्महत्या अघि रेकर्ड गरिएको भनिएको भिडियोमा पुडासैनीले आफु रविसहित तीन जनाका कारण मर्न बाध्य भएको बताएका थिए।