चट्याङ लागेर राक्सिराङमा एक जनाको मृत्यु

हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा आइतबार दिउँसो चटयाङ लागेर १ जनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् ।
चट्याङ लागेर राक्सिराङ गाउँपालिका – ८ का गोपाल थिङकी श्रीमती ४५ बर्षिया कान्छीमाया गिङको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रहरी निरीक्षक पवन कुमार झाले जानकारी दिनुभयो । थिङलाइ घरमै बसिरहेको अवस्थामा चटयाङ लागेको थियो ।
यस्तै चटयाङ लागेर सोही ठाउँ बस्ने २५ बर्षीया सुस्मिता मोक्तान घाइते भएकी छिन । ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी टोली घटनास्थलतर्फ गइसकेको र बाटो अफ्ठ्यारो भएको प्रहरी पुग्न समय लाग्ने बताइएको छ ।