नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन हेटौंडामा हुँदै

जनपत्र
१ भाद्र २०७६, आईतवार १७:००

हेटौंडा /अन्तर्राष्ट्रिय संस्थाको रुपमा रहेको जेसीजले युवाको नेतृत्व, व्यक्तित्व एवम् भ्रातृत्व विकासस“गै सामाजिक कार्यमा क्रियाशील रह“दै आएको छ । जेसीजमा लागेका युवाले आफ्नै खर्चमा संस्थाको विभिन्न गतिविधि गर्दै आएका छन् ।
मकवानपुरको साविक हा“डीखोला ९हाल मनहरी गाउ“पालिका० र बसामाडी क्षेत्रमा सामाजिक कार्य गर्ने एवम् त्यस क्षेत्रका युवाको नेतृत्व, व्यक्तित्व विकास गर्ने उद्धेश्यले सन् २०११ मा स्थापना भएको बस्तीपुर जेसीज हा“डीखोलाले स्थापनाको छोटो समयमै नेपाल जेसीजको विभिन्न कार्यक्रम सम्पन्न गरिसकेको सम्मेलन निर्देशक गणेशप्रसाद भेटवालले बताए । यसै क्रममा भदौ ६ र ७ गते नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको आतिथ्यता गर्न गइरहेको उनले जनाए ।

यसअघि सन् २०१५ मा क्षेत्र ‘ख’ का अध्यक्ष भेला र सन् २०१६ मानोमलोम लिडर्स एकेडेमीको आतिथ्यता गरिसकेको छ । शाखा अध्यक्ष सुनिल अधिकारीले हेटौंडा–५ स्थित पूजा ब्याङ्क्वेटमा हुने कार्यक्रमको तयारी करिब ९५ प्रतिशत पूरा भइसकेको बताए ।

सम्मेलनमा क्षेत्र ‘ख’ का ३२ वटा शाखाका करिब ३ सय युवासहित नेपाल जेसीज र अन्य शाखाका गरी कम्तिमा ६ सय युवाको हेटौंडामा उपस्थिति रहनेछ । बस्तीपुरस्थित जेसीज सचिवालयमा क्षेत्र ‘ख’ का अध्यक्षको भेला एवम् अवलोकन कार्यक्रमसमेत हुनेछ ।

कार्यक्रमको अवधिमा मकवानपुरका विभिन्न धार्मिक एवम् पर्यटकीय क्षेत्रको दृष्यावलोकन गराइने जेसिज महासचिव गणेशदर्पण अधिकारीले बताए । यसका लागि हेटौैंडा एकेडेमीबाट २ वटा बस उपलब्ध हुनेछ । कार्यक्रमले मकवानपुरको पर्यटन प्रवद्र्धन हुने अपेक्षा गरिएको उनले बताए ।

७ गते विहान जिल्ला प्रहरी कार्यालयअगाडिबाट कार्यक्रमस्थलसम्म शान्ति पदयात्रा गरिने छ । कार्यक्रममा सहभागिताका लागि विभिन्न संघसंस्थामा अनुरोध गरिएको छ । ‘कार्यक्रमका लागि ३६ वटा उपसमिति बनाएर काम गरिरहेका छौं,’ सम्मेलन निर्देशक भेटवालले भने ।

प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले सम्मेलन उद्घाटन गर्ने तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दलका नेतासहित प्रदेश मन्त्रीहरु र नेपाल जेसीजका अध्यक्षसहित पदाधिकारीको विशेष उपस्थिति रहने छ ।
सम्मेलनका लागि करिब ५० लाख खर्च अनुमान गरिएको छ । खर्च व्यवस्थापन सहभागीको रजिष्टे«सन र सहयोगी संघसंस्थाबाट हुने जेसिजले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*