नेपाल शिक्षक महासंघ, स्थानीय तह नेतृत्व गठन तथा घाेषणा

जनपत्र
१ भाद्र २०७६, आईतवार ०६:१८

नेपाल हिक्षक महासंघ, स्थानीय तह नेतृत्व गठन तथा घाेषणा कार्यक्रम  हेटाैंडा क्याम्पस हेटाैंडाकाे सभाहलमा सम्पन्न भएकाे छ । महासंघ केन्द्रीय सदस्य छाेटेलाल प्रसाद शाहकाे प्रमुख अातिथ्यता रहेकाे कार्यक्रममा जिल्ला अध्यक्ष जीधराज ढकालकाे अध्यक्षता रहेकाे थियाे ।

घाेषणा कार्यक्रमले मकवानपुर जिल्लाका १० वटै स्थानीय तहका महाँसंघ नेतृत्वकाे घाेषणा गरेकाे छ । महाँसंघ स्थानीय तह नेतृत्वमा हेटाैडा उपमहानगरपालिकामा दिपक अधिकारी,थाहा नगरपालिकामा राजाराम कार्की, सर्वसम्मत चयन हुनुभएकाे छ त्यसैगरी मकवानपुरगढी गाउँपालिकामा लिलानाथ ढुङ्गेल, बकैया गाउँपालिका सुरज लाेप्चन,बाग्मती गाउँपालिकामा वसन्त राई, मनहरी गाउँपालिकामा नवराज डाेटेल, राक्सिराङमा मिथुन रुम्वा, त्यसैगरी कैलाश गाउँपालिकामा राजेन्द्र शिवाकाेटी भीमफेदीमा काजीप्रसाद फूँयाल, ईन्द्रसराेवर मा सहदेव रिमाल सर्वसम्मत चयन भएका हुन् ।

शिक्षक महासंघकाे बिधानअनुसार प्रत्येक स्थानीय तहमा शिक्षकका पेशागत संस्थाहरुमध्येबाट सदस्य संख्याकाे अाधारमा अध्यक्ष, सहअध्यक्ष, सचिव एवम् संस्थागत सहसचिव लगायतका पदाधिकारीहरु चयन हुने ब्यवस्था रहेकाे छ । विधान अनुसारनै गठन भएकाे मकवानपुर जिल्ला स्थानीय तह शिक्षक महासंघका अन्य सदस्यहरु समेत तय भएकाे महासंघ मकवानपुरका अध्यक्ष जीधराज ढकालले बताउनुभयाे । शिक्षक महासंग मकवानपुर सचिव राजु गाैतमले सञ्चालन गर्नुभएकाे कार्यक्रममा केन्द्रीय कमिटि, प्रदेश एवम् जिल्ला तहका शिक्षक नेताहरुकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा शिक्षकका साझा समस्याबारे सबै पेशागत संस्थाकाे छाता संस्था शिक्षक महासंघ गम्भीर भएर लाग्नुपर्ने बक्ताहरुले बताउनुभएकाे हाे ।कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन केन्दीय सदस्य पद्मा पाैडेल, राष्ट्रियपरिषद सदस्य रमेशप्रसाद लामिछाने, प्रदेस कमिटिका सम्भू बिक्रम लामा, दिपकलाल खतिवडा, भाेगेन्द्र लुईटेल, कमला अाचार्य, कृष्ण खनाल,माेहन शर्मा, श्वेता काेईराला, त्यसैगरी जिल्ला कमिटिका श्रीराम दहाल, रामकुमार अधिकारी, गाेकुल लम्साल, खेमराज लामिछाने, पुरुषाेत्तम बाँनिया, हरिकृष्ण बिष्ट लगायतकाकाे उपस्थिति रहेकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*