झरना साहित्यिक परिवार मकवानपुरको २४१ औँ साहित्य शृङखला

मकवानपुर / झरना साहित्यिक परिवार मकवानपुरको २४१ औँ साहित्य शृङखलाका अवसरमा छतिवनस्थित महेन्द्र माविमा रचना वाचन तथा अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ । साबिकको छतिवन गाविसका पूर्व उपाध्यक्ष कृष्णप्रसाद चौँलागाईँको प्रमुख आतिथ्यता तथा बकैया-४ का वडाध्यक्ष राजन दङ्गालको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा झरनाका सल्लाहकार जनार्दन खनाल, साबिकको धियाँल गाविसका पूर्व उपाध्यक्ष नारायण तिमल्सिना, चिरञ्जीवी लामिछाने, गायत्री रुपाखेती, मञ्जु दाहाल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्थानीय विद्यार्थीहरूले पनि आआफ्ना रचना वाचन गरेका थिए । अन्तर्क्रियात्मक कार्यक्रम अन्तर्गत झरनाले आगामी दिनमा आफ्ना गतिविधिलाई कसरी प्रभावकारी रुपमा अगाडि बढाउने भन्ने विषयमा छलफल समेत गरिएको थियो । कार्यक्रम झरनाका अध्यक्ष दीपक गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो ।