अविरल वर्षाका कारण मकवानपुरको जनजीवन प्रभावित, सिस्नेरी सडक अबरुद्ध, गर्दोइ डुवानमा

जनपत्र
२८ श्रावण २०८०, आईतवार १०:२०

हेटौंडा । अविरल वर्षाका कारण मकवानपुरको जनजीवन प्रभावित भएको छ । गएराती देखि निरन्तर रुपमा वर्षा भइरहेकाले यहाँको जनजिवन प्रभावित भएको हो । वर्षाका कारण मकवानपुरको हेटौंडा भएर चल्ने धेरै ग्रामिण सडकहरु अबरुद्ध भएका छन् भने सिस्नेरी सडक पनि अबरुद्ध बनेको छ । हेटौंडाका उपमहानगरपालिका वडा नम्बर–५ गर्दोइ क्षेत्र डुवानमा छ । वर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ भालुडाँडा स्थित कुलेखानी सिस्नेरी काठमाण्डौ सडक खण्डमा पहिरो खस्दा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीले बताउनुभयो । अहिले हेटौंडा–काठमाण्डौं चल्ने सवारीका साधनहरु बैकल्पीक बाटो भएर चलेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*