प्रभातफेरी आयोजना गर्दै फोनिजले मनायो स्थापना दिवस
हेटौंडा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुर शाखाले फोनिजको २४ औं स्थापना दिवस साउन २७ गते बिहान प्रभातफेरी कार्यक्रमको आयोजना गर्दै मनाएको छ ।
बागमती प्रदेशको राजधानी हेटौंडाको मुख्यचोक सीमाचोकबाट मकवानपुर उद्योग वाणिज्य संघ चोक पुगी पुनःसीमाचोकमा आई कोणसभा गर्दै स्थापना दिवस मनाएको हो । पहिचान र अधिकारका लागि समावेशी सञ्चार, ऐन कानुनको निर्माण, संविधान कार्यान्वयनको आधारू भन्ने नाराका साथ स्थापना दिवस मनाईएको थियो ।
फोनिजका संघीय (केन्द्रीय) पार्षद सुवर्णलाल श्रेष्ठले फोनिजको वृद्विविकासको लागि सबै आदिवासी पत्रकारको सक्रिय सहभागी हुनुपर्ने बताउँनुभयो । फोनिज मकवानपुर शाखाका अध्यक्ष अशोक सुजन श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको हो ।
अध्यक्ष श्रेष्ठले देशभर आएको आर्थिक मन्दीले सबै भन्दाबढी चौथो अंग मानिने मिडियामा कार्यरत पत्रकारहरुको जीविकोपार्जनमा समस्यामा पारेकाले सरकारसँगै सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।
श्रमजीवि पत्रकार ऐन लागू भएको बर्षौभएनि पूर्ण कार्यान्वयनमा नआउँदा पत्रकारहरू आर्थिक र पेशागत समस्यामा परिरहेको उहाँको भनाई छ । श्रमजिवी पत्रकारहरुको हकहितका लागि फोनिजसँगै पत्रकारसम्बद्ध संघसंस्थाले एकजुट भएर सरोकार निकाय समक्ष आवाज उठाउन भूमिका खेल्नुपर्ने पनि बताउँनुभयो ।
सन् १९९९ मा नेपाल आदिवासी जनजाति पत्रकार संघ९अनिज०को नाममा दर्ता भई आदिवासी जनजाति पत्रकारको साझा संस्थाको रुपमा रहेर सन् २०१५ मा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ९फोनिज०को रुपमा दर्ता भई क्रियाशिल रहेको छ ।







