बाँदर लखेट्न जाँदा आफैँले बाेकेकाे बन्दुक पड्किएर अर्घाखाँचीमा एक जनाकाे ज्यान गयाे

जनपत्र
२६ श्रावण २०८०, शुक्रबार १७:००

अर्घाखाँची – आफैँले बाेकेकाे भरुवा बन्दुक पड्किएर अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिका–७ मा एक जनाकाे ज्यान गएको छ ।

बारीमा बाँदर धपाउन जाने क्रममा आफैँले बाेकेकाे बन्दुक पड्किएर भूमिकास्थान–७ पानडाँडाका ४५ वर्षीय पदम केसीको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् (डीएसपी) मुकुन्द रिजालले जानकारी दिनुभयाे । आज बिहान सवा ११ बजेतिर आफैँले बाेकेकाे बन्दुक पड्किएर घाइते भएका केसीको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै ज्यान गएकाे हाे ।

भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा लिएको र घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) कृष्णप्रसाद घिमिरेले बताउनुभयाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*