एसइई उतिर्ण मकवानपुरका मगर विद्यार्थीहरु सम्मानित

जनपत्र
१ भाद्र २०७६, आईतवार ०५:३६

हेटौंडा / नेपाल मगर विद्यार्थी संघ जिल्ला कार्यसमिति मकवानपुरले एसइई परीक्षा २०७५ मा उतिर्ण भएका मगर विद्यार्थीहरुलाई आज हेटौंडामा सम्मान गरेको छ ।

कार्यक्रममा जिल्लाभरबाट एसइई उतिर्ण भएका विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रीय सदस्य अशोक सारु मगरले प्रमाणपत्र र खादा लगाएर सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै उनले मगर विद्यार्थीहरुले पढाइलाई निरन्तरतासँगै आफ्नो क्षमता विकासमा जोड दिनुपर्ने बताए ।

कार्यक्रमा भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती राना, नेपाल मगर विद्यार्थी संघकी केन्द्रीय सचिव काृेपिला आले मगर, नेपाल मगर संघका जिल्ला अध्यक्ष होम बहादुर राना मगर, नेपाल पत्रकार महासंघ प्रदेश ३ का महासचिव कृष्ण सारु मगर, नेपाल मगर संघ ३ नम्बर प्रदेश समितिका सदस्य खेम जर्घा मगर लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रम संघका अध्यक्ष अशोक ग्लालन मगरको सभाध्यक्षतामा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*