प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नक्कली शैक्षिक प्रमाण–पत्र बाहक चिकित्सकलाई पक्राउ गरिरहेको छ । पूराना केसलाई अध्ययन गरेर नयाँ कारबाही चलाएको सीआईबीले नेपाली कांग्रेसका सांसद तथा मेडिकल कलेज सञ्चालक सुनिल शर्मासहित ८ जनालाई पक्राउ गरिसकेको छ ।
नक्कली प्रमाण पत्रको आरोपमा डाक्टर पुनम थापा चौधरी पक्राउ
जनपत्र
२६ श्रावण २०८०, शुक्रबार १३:२३
काठमाडौं । नक्कली प्रमाण पत्रका आधारमा डाक्टर पढेको भन्दै प्रहरीले डा. पुनम थापा चौधरीलाई पक्राउ गरेको छ ।
उनी सुमेरु सिटी अस्पतालमा कार्यरत थिइन् ।







