सुनचाँदीको भाउ आज पनि घट्यो

जनपत्र
२६ श्रावण २०८०, शुक्रबार १३:१०

काठमाण्डाै – सुन चाँदीको भाउ आज पनि घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा २ सय रुपैयाँले र चाँदी ५ रुपैयाँले घटेको हो।

आज सुनको भाउ तोलाको १ लाख ११ हजार १ सय रुपैयाँ छ । हिजो १ लाख ११ हजार ३ सय रुपैयाँ थियो।

हिजो सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको थियो।

यस्तै, आज चाँदी आज तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*