३ लाखबाट थालिएको आईटी कम्पनीः साझा यातायात र ब्लुबसको प्रविधि विकास, साढे २ करोडको आम्दानी

जनपत्र
२६ श्रावण २०८०, शुक्रबार ०६:२१

स्ल्यास प्लस २०७१ साल चैत महिनामा क्षितिज कार्कीले सञ्चालनमा ल्याएको एप तथा वेब निर्माता कम्पनी हो । तीन लाख रुपैयाँ लगानीमा सुरु भएको यो कम्पनीले वेब तथा एप निर्माणसँगै डिजिटल मार्केटिङ, यूआई यूएक्स डिजाइन, कन्टेन्ट मार्केटिङ, एसईओ, एसईएमको काम पनि गर्दै आएको छ ।

सफ्टवेयर तथा वेब डेभलपमेन्ट र डिजिटल विज्ञापनमा आबद्ध भएको यो कम्पनी यातायात सेवामा बढी केन्द्रित छ । हालै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनमा सञ्चालनमा ल्याएको ब्लु बसमा स्ल्यास प्लसले विकास गरेका प्रविधि जडान गरिएका छन् ।

विशेषगरी गाडी कुन ठाउँमा पुग्यो भन्ने कुराको जानकारी दिने प्रणाली स्ल्यास प्लसले नै विकास गरेको कम्पनीका अध्यक्ष तथा सीईओ क्षितिज कार्की बताउँछन् । “हामी सार्वजनिक यातायातलाई प्रविधिमैत्री बनाउने कार्यमा केन्द्रित छ,” उनले भने, “हाम्रो प्रविधि प्रयोग गर्दा कुनै नयाँ ठाउँमा यात्रा गरिरहनु भएको छ भने तपाईंले गाडी कहाँ पुग्यो भनेर बारम्बार सोधिरहनु पर्दैन ।”

त्यस्तै कम्पनीले हालै सञ्चालनमा ल्याएको साझा प्लस एपमार्फत साझा यातायातका सम्पूर्ण बस ट्रयाक गर्न सकिन्छ । यससँगै कम्पनीले नेपालभर सञ्चालनमा रहेका सार्वजनिक यातायातलाई ट्रयाक गर्ने एप पनि विकास गरिरहेको छ ।

यसैगरी स्ल्यास प्लसले सञ्चालनमा ल्याएको साइनेज प्लस यस्तो प्लेटफर्म हो, जसको सहायताले कम्पनीहरूले आफ्नो टिभी स्क्रिनमा विज्ञापन राख्न सक्छन् ।

“यो प्लेटफर्म प्रयोग गर्न हामी कम्पनीहरूलाई एउटा स्मार्ट बक्स उपलब्ध गराउँछौं,” कार्की भन्छन्, “त्यही बक्स विभिन्न कम्पनीहरूले आफ्ना सेवाग्राही वा ग्राहक आउने ठाउँको टीभीमा जडान गर्नुपर्ने हुन्छ । त्यसपछि एउटै ठाउँबाट उक्त डिभाइस जडान गरिएको हरेक स्क्रिनमा एउटै स्क्रिन देखाउन सकिन्छ ।”

हाल यो सेवा नेपाल टेलिकम लगायत अन्य विभिन्न रेस्टुरेन्ट, फिटनेस सेन्टर र फेसन हाउसले प्रयोग गर्दै आएका छन् । सँगसँगै कम्पनीले डीजी बज, ट्राभल नेपाल, स्मार्ट पार्किङ, जीपीएस ट्रयाकिङ, स्मार्ट अपार्टमेन्ट, बस फाइन्डर जस्ता एप तथा वेबसाइट सञ्चालनमा ल्याएको छ ।

कम्पनीले विभिन्न क्षेत्रमा काम गर्ने ७० भन्दा बढी कम्पनीलाई सेवा दिएको छ । कम्पनीले डिजिटल विज्ञापनबाट भएको आम्दानी यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउने कार्यमा लगानी गरेको छ ।

आफूहरूले सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुलाई झन्झटमुक्त बनाउने प्रविधि विकास गरिरहेको कार्की बताउँछन् । हाल यो कम्पनीले २७ जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ ।

शब्द- चित्रमा कम्पनी

कम्पनीको नामस् स्ल्यास प्लस प्रालि

सेवा क्षेत्रः वेब तथा सफ्टवेयर निर्माण

सुरुवाती लगानीः तीन लाख रुपैयाँ

मूल्याङ्कनः –

वार्षिक कारोबारः २.५ करोड रुपैयाँ बढी

वार्षिक वृद्धिः २० देखि २५ प्रतिशत

अध्यक्षरसीईओस् क्षितिज कार्की

स्थापनास् चैत, २०७१

ठेगानास् बुद्धनगर १०, काठमाडौं
ईमेल: hello@slashplus.com.np

फोनस् ०१-४७९७१५७

संस्थागत ग्राहक सङ्ख्यास् ७०ं

सेवाः एप तथा वेब निर्माण, डिजिटल मार्केटिङ, यूआई यूएक्स डिजाइन, कन्टेन्ट मार्केटिङ, एसईओ, एसईएम, प्रविधिमैत्री यातायात सेवा ।

ग्राहक कम्पनीः एलजी, खल्ती, सेन्सेई, नेपाल टेलिकम, शिवम् सिमेन्ट, वाई-वाई लगायत

उत्पादनस् साझा प्लस एप, डीजी बज, साइनेज प्लस, ट्राभल नेपाल, स्मार्ट पार्किङ, जीपीएस ट्रयाकिङ, स्मार्ट अपार्टमेन्ट, बस फाइन्डर

यूएसपीः यातायातको क्षेत्रमा नौलो एप साझा प्लसको विकास, सार्वजनिक यातायातलाई प्रविधिमैत्री बनाउने काम, ब्लु बस -हालै रवि लामिछानलेले सार्वजनिक गरेको बस) मा रहेको प्रविधि जडान

अवार्ड तथा सर्टिफिकेसनः छैन

उद्देश्य तथा लक्ष्यस् यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउने, डिजिटल एड्भर्टाइजिङ

अबका योजनाः नेपालभरको सम्पूर्ण सार्वजनिक यातायातलाई एउटै एपमा देखाउने एप ल्याउने तयारी ।

कर्मचारी सङ्ख्याः ३०ं

टेकपानाबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*