हेटौंडाको भुवनेश्वर मन्दीरमा झुलन महोत्सव

हेटौंडा । हेटौंडा ४ भुवनेश्वर मन्दीरमा झुलन महोत्सव कार्यक्रम भएको छ । गौसंरक्षण र महाँलक्ष्मी पुजा सेवा समिति मकवानपुरको आयोजनामा झुलन महोत्सव कार्यक्रम भएको हो । गौसंरक्षण केन्द्र मकवानपुरकी अध्यक्ष कमला श्रेष्ठको अध्यक्षता तथा बालसन्तयोगि सुदर्शन बुढाथोकीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बैष्णव महिला परिषद् मकवानपुरका सचिव खगिन्द्र कुमारी शर्माले सञ्चालन गर्नु भएको कार्यक्रममा शान्ता बराल, जानुका अधिकारी, पण्डीत लक्ष्मीनारायण अधिकारी लगायतकाले प्रवचन गर्नु भएको थियो । कार्यक्रममा धर्म प्रेमी महानुभावहरुको सहभागिता रहेको रामहरी शर्मा चौलागाईले जानकारी दिनुभयो ।