पाेखरमा सुनसहित एक महिला पक्राउ

जनपत्र
२५ श्रावण २०८०, बिहीबार १२:३६

कास्की – पाेखरामा २ सय ८० ग्राम २९ मिलीग्राम सुनसहित एक महिला पक्राउ परेकी छिन् ।

प्रहरीले झापाकाे बिर्तामाेड घर भइ काठमाण्डाैकाे जाेरपाटी बस्ने ४५ वर्षीया कल्पना गुरुङलाई पाेखरा बसपार्कबाट पक्राउ गरेकाे हाे ।

काठमाण्डाैबाट ग १ ख ९९४४ नम्बरको बसमा  पाेखरा आएकी उनलाई प्रहरीले विशेष सूचनाकाे आधारमा पक्राउ गरेकाे डीएसपी वेदप्रकाश जोशीले बताउनु भयाे ।

गुरुङकाे साथबाट सुनको बिस्कुट र औँठी बरामद गरिएकाे उहाँले बताउनु भयाे । उनीमाथि थप अनुसन्धान भइरहेकाे जाेशीकाे भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*