हेटौंडा–१५ का किसानले पालेका पशुको निशुल्क बिमा र प्रतिलिटर दूधमा २ रुपैयाँ अनुदान दिदै वडा अध्यक्ष

जनपत्र
२४ श्रावण २०८०, बुधबार १९:१२

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ का किसानले पालेका पशुको निशुल्क बिमा र प्रतिलिटर दूधमा २ रुपैयाँ अनुदान दिने भएको छ । वडा अध्यक्ष सुनिल मुक्तानले आफ्ना वडाका किसानलाई लक्षित गरेर यो काम गर्न लाग्नु भएको हो । वडा कार्यालयले चालु आर्थिक वर्षदेखि वडाका किसानहरुलाई कृषि यो अनुदान दिने भएको हो।

उपमहानगरपालिकाले वडाका लागि छुट्याएको बजेटबाट किसानको मागलाई मध्येनजर गर्दै दूग्ध उत्पादन गर्ने किसानलाई प्रतिलिटर दूग्घमा २ रुपैयाँ र पशु खरिदमा वडाबाट पशु बीमा कार्यक्रमको लागि बजेट व्यवस्थापन गरिएको वडाध्यक्ष सुनिल मुक्तानले जानकारी दिए । अध्यक्ष मुक्तानका अनुसार अब गाईँ भैँसीमा गरिँदै आएको १ प्रतिशत पशु बीमा बापत्को रकम र दूग्ध उत्पादन गर्ने किसानलाई प्रतिलिटर दुई रुपैयाँको दरले अनुदानको व्यवस्था गरिएको छ ।

उनका अनुसार गोरस दूग्ध उत्पादन कृषि सहकारी संस्थामार्फत् वडाका किसानलाई अनुदान बापत्को रकम अबदेखि वितरण गरिने छ ।

‘गाउँघरमा सिंहदरबार छ भन्ने तर किसानको समस्या कसैले नबुझेको भन्दै समुदायबाट गुनासो आएपछि हामीले किसानको मागको आधारमा थोरै भएपनि किसानमुखी बजेटको व्यवस्था गरेका हौँ ।’ उनले भने ।

विदेशिएका युवाहरुलाई पनि स्वदेशमा व्यवसाय संचालन गर्न प्रेरित गर्ने उद्देश्यले थोरै भएपनि कृषिका लागि अनुदान कार्यक्रम सुरु गरिएको उनको भनाई छ । उनले यो कार्यक्रमलाई निरन्तरता दिइएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*