संखुवासभा कारागारमा दुई कैदीबन्दीको ज्यान गयाे

जनपत्र
२४ श्रावण २०८०, बुधबार १२:२४

संखुवासभा – संखुवासभा कारागारमा दुई जना कैदीबन्दीको ज्यान गएको छ ।

कैदीहरु आकाश बलामी र विनोद तोलाङगीको उपचारको क्रममा जिल्ला अस्पतालमा ज्यान गएकाे खाँदबारी कारागारका जेलर राजेन्द्र घिमिरेले बताउनुभयो ।

उहाँका अनुसार, गएराति १ बजेतिर मृतक दुई जना तोलाङगी र बलामीले शौचालयको झ्याल तोडेर कारागारबाट भाग्ने प्रयास गरेको अवस्थामा सुरक्षामा रहेको प्रहरीले देखेपछि नियन्त्रणमा लिएर कारागारभित्र पठाएको त्यसपछि भित्र रहेका कैदीहरूले कुटपिट गर्दा घाइते भएका थिए ।

उनीहरूको खाँदबारी जिल्ला अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*