मकवानपुरमा पहिरोले बगाएका ५ जना अझै भेटिएनन्

जनपत्र
२४ श्रावण २०८०, बुधबार ०८:४७

हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकाको सिक्रे दोभानमा पहिरोमा पुरिएर बेपत्ता भएका ५ जना अझै भेटिएका छैनन् । हिजो बिहान देखि स्थानीय वासिन्दाहरु, आफन्तहरु र प्रहरीको सहयोगमा खोजी कार्य भइरहे पनि अहिले सम्म पनि पहिरोले बगाएर खोलामा पुर्यायाएकाहरु अझै सम्म पनि फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीले बताउनुभयो । ६ जना मध्ये एक जना हिजो सकुशल भेटिएका छन् । सकुशल भेटिनेमा सिन्धुली हरिहरपुर गाउँपालिका–१ कोकरेका अन्दाजी १७ वर्षीय पासाङ घिसिङ रहेका छन् ।

पहिरोले घर बगाउँदा बेपत्ता घिसिङलाई १४ घण्टापछि घाइते अवस्थामा उद्धार गरिएको हो । घिसिङ उपचार हेटौंडा अस्पतालमा भइरहेको छ । उनी पाहुना लागेको मकवानपुरको बागमती गाउँपालिका ५ सिक्रे दोभानका ६० वर्षीय अक्कलबहादुर स्याङ्तानको घर पहिरोले बगाएको थियो । जसमा ५ जना अझै बेपत्ता छन् ।

स्याङ्तानसहित उनकी २२ वर्षीया छोरी शिला पहरी, ज्वाइँ २५ वर्षीय जीवन पहरी, नाती चार वर्षीय मिलन पहरी, साढे एक वर्षकी नातिनी दिब्या पहरी वेपत्ता रहेको छन् । अक्कलबहादुरकी श्रीमती शन्तमायाको भने पहिरोमा परेर मृत्यु भएको छ । घटनास्थल काभ्रे र मकवानपुरको सीमा क्षेत्रमा पर्दछ । उद्धारमा मकवानपुरको भोर्लेनी र काभ्रेको प्रहरी समेत परिचालन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*