वनको रोयल्टी प्रदेश ३ लाई २ करोड १७ लाख

वनको रोयल्टी सबैभन्दा बढी सुदूरपश्चिम र कम प्रदेश २ लाई
जनपत्र
३२ श्रावण २०७६, शनिबार ०७:०६

हेटौंडा । वनको रोयल्टी प्रदेश ३ ले २ करोड १७ लाख रुपैयाँ पाउने भएको छ । चालु आर्थिक वर्षमा वनको रोयल्टी बाँडफाँडबाट सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशले र प्रदेश २ ले सबैभन्दा कम पाउने भएको छ।
राष्ट्रिय प्रकृतिक स्रोत तथा वित्त आयोगले चालु आवमा मुलुकभरका वनबाट सङ्कलन हुने रोयल्टीको अनुमानित रकममार्फत् ७ वटै प्रदेशमा हुने बाँडफाँड टुङ्ग्याएको हो। त्यसअनुसार चालु आवमा वनबाट कूल २२ करोड ५४ लाख रुपैयाँ हुने रोयल्टी सङ्कलन हुने अनुमान गरिएको छ।

त्यसमध्ये सुदूरपश्चिम प्रदेशले सबैभन्दा बढी ५ करोड ८७ लाख पाउने भएको छ, जुन कूल रकमको २६ प्रतिशत हो। प्रदेश २ ले सबैभन्दा कम ६१ लाख ५० हजार रुपैयाँ पाउने भएको छ। यो वनतर्फको कूल रोयल्टी रकमको ३ प्रतिशतमात्र हो।

सुदूरपश्चिमपछि प्रदेश १ ले ४ करोड ८६ लाख रुपैयाँ रोयल्टी पाउनेछ। आयोगको सिफारिसअनुसार प्रदेश ५ ले ३ करोड ९४ लाख, गण्डकी प्रदेश २ करोड ५३ लाख, प्रदेश ३ ले २ करोड १७ लाख र कर्णाली प्रदेशले २ करोड ५३ लाख रुपैयाँ वनको रोयल्टी पाउनेछन्।

वित्त आयोगले विशेष सुत्रका आधारमा प्रदेश तथा स्थानीय तहमा प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँडका लागि सरकारलाई सिफारिस गर्दछ। आयोगले वनसँगै पर्वतारोहण, जलविद्युत्, आरक्षण क्षेत्र, उद्योगलगायतबाट सङ्कलन हुने रोयल्टी बाँडफाँडसमेत सिफारिस गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*