राेल्पाकाे त्रिवेणीमा बस दुर्घटना, २ जनाकाे ज्यान गयाे

जनपत्र
२३ श्रावण २०८०, मंगलवार १४:५५

रोल्पा – शहीदमार्ग सडकअन्तर्गत रोल्पाको त्रिवेणी गाउँपालिका–७ तिला बजार नजिकै बस दुर्घटना हुँदा दुई जनाकाे ज्यान गएको छ । आज मङ्गलवार रोल्पाको बागमारादेखि दाङको घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा सात जना गम्भीर घाइते भएका र उनीहरूकाे उद्धार भइरहेकाे राेल्पा प्रहरीले जनाएकाे छ । केही यात्रु बसले च्यापिएको हुँदा ज्यान गुमाउनेकाे सङ्ख्या बढ्न सक्ने बताइएकाे छ । घटनाकाे थप विवरण आउन बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*