बनेपाको पुल बजार डुबानमा

जनपत्र
२३ श्रावण २०८०, मंगलवार १०:३६

काठमाण्डाै – लगातारको वर्षापछि आएको बाढीका कारण बनेपाको पुल बजार डुबानमा परेको छ ।

डुबानका कारण बिहान केहीबेर अरनिको राजमार्ग हुँदै चल्ने गाडीहरु रोकिएका थिए । अहिले भने पानीलाई निकास दिएर गाडी चलाउन थालिएको प्रहरीले जनाएको छ । हरेक वर्षको बर्खामा काभ्रे, बनेपाको पुल बजार डुबानमा पर्ने गरेको छ ।

पुण्यमती खोलामा आएको बाढीले डुबान गर्ने गरेको छ । तर, यो समस्या समाधानमा सम्बन्धित निकायले चासो दिएका छैनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*