मकवानुरको बागमतीमा पहिरोले घर बगाउँदा सुतिरहेको अवस्थामा पाँच जना बेपत्ता, एक जनाको उद्धार

जनपत्र
२३ श्रावण २०८०, मंगलवार ०८:४७

हेटौंडा । मकवानुरको बागमतीमा पहिरोले घर बगाउँदा पाँच जना बेपत्ता भएका छन् । एक जनाको उद्धार गरिएको छ । हिजो देखि परेको वर्षाका कारण पूर्वी मकवानपुरको बागमती गाउँपालिका–वडा नम्बर–५ भोर्लेनीमा पहिरोले घर बगाउँदा ५ जना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले जनपत्रलाई जानकारी दिनुभयो ।

गएराती पानीसंगै पहिरोले घर बाउँदा सुतिरहेको अवस्थामा पाँच जना बेपत्ता भएका हुन् । भोर्लेनीका धारापानी स्याङ्तानको घर घरमाथीको खोल्साले गर्दा पहिरो गएको र घर बगाएर खोलामा मिसाउँदा पाँच जना बेपत्ता भएको कार्कीले जानकराी दिनुभयो । अहिले घटना स्थमा प्रहरी पुगेको र विस्तृत विवरण आउन बाँकी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*