५ दिनपछि हिजो खुलेको भालुवाङ–प्युठान–रोल्पा सडक आज फेरि बन्द

जनपत्र
२२ श्रावण २०८०, सोमबार २०:२३

काठमाण्डाै – पाँच दिनपछि हिजो आइतवार खुलेको भालुवाङ–प्युठान–रोल्पा सडक आज साेमवार फेरि बन्द भएको छ ।

सडक खण्डअन्तर्गत प्युठानको गर्जेनीमा बेलुका ७ बजेतिर पहिरो खसेपछि सडक बन्द भएको हो । अब भोलि मङ्गलवार बिहानदेखि उपकरणको प्रयोग गरेर पहिराे पन्छाउन शुरु गरिने सडक डिभिजन कार्यालय प्युठानका सूचना अधिकारी किसनप्रसाद गैरेले जानकारी दिनुभयो ।

ठूलो पहिरोका कारण गएको बुधवारदेखि बन्द भएको सडक हिजो बेलुकादेखि खुलेको थियो । तर आजदेखि सडक फेरि बन्द भएको हो । अप्ठेराे ठाउँमा माथिबाट ठूलोे पहिरो झरेको र तलपट्टि माडी नदी रहेका कारण पन्छाउन समय लागेको कार्यालयले जनाएको छ ।

प्युठान र रोल्पा आउजाउ गर्ने एकमात्र सडक बन्द हुँदा समस्या भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*