वैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिन्छु भन्दै लाखाैँ रुपैयाँ ठगी गर्ने महिला पक्राउ

जनपत्र
२२ श्रावण २०८०, सोमबार १७:२१

काठमाण्डौ – वैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । दोलखा घर भइ काठमाण्डौ बस्दै आएकी २७ वर्षीया फुलमाया जिरेललाई प्रहरीले पक्राउ गरेको हो ।

उनले पीडितलाई क्यानडामा होटलमा काम लगाइदिन्छु, महिनाको एक लाख रुपैयाँ कमाइ हुन्छ भन्दै प्रलोभनमा पारेर पटक पटक गरी तीन लाख ७४ हजार रुपैयाँ लिइ सम्पर्कविहीन भएकी थिइन् ।

पीडितले वैदेशिक रोजगार विभागमा दिएको उजुुरीको आधारमा काठमाण्डौ उपत्यका अनुसन्धान कार्यालयबाट खटिएको टोलीले हिजो जिरेललाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धानको लागि अहिले वैदेशिक रोजगार विभाग पठाइएको कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*