आइएनजिओले तीन वर्षमा भित्र्याए एक खर्ब

जनपत्र
३२ श्रावण २०७६, शनिबार ०६:४६

आइएनजिओहरुले समाजकल्याण परिषद्लाई छलेर तीन वर्षमै करिब एक खर्ब भित्र्याएका छन्। तर, परिषद्ले तिनै आइएनजिओहरुले चलाएका कार्यक्रमको अनुगमन भने उनीहरुकै पैसामा गर्ने गर्छ। यसरी गरिने अनुगमनको निष्पक्षतामा महालेखापरीक्षकको आर्यालयले प्रश्न उठाएको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा सुवास भट्टले लेखेका छन्।

आर्थिक वर्ष ०७४ /०७५ मा परिषद्ले आइएनजिओहरुका तीन सय ७४ परियोजनाको अनुगमन गरेको थियो। अनुगमनमा खटिएका परिषद्का ४५ कर्मचारीले सम्बन्धित आइएनजिओहरुबाटै तीन करोड ६१ लाख ८८ हजार पारिश्रमिक र भत्ता बुझेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*