हेटौंडामा बिश्व स्तनपान सप्ताह मनाइयो
हेटौंडा । मदन भन्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानकको नर्सिङ विभाग तर्फबाट बिश्व स्तनपान सप्ताह मनाइएको छ । भदौ १६ गते देखि सुरु भएको सप्ताहब्यापी कार्यक्रम आज सकिएको हो ।
प्रतिष्ठानको नर्सिङ प्रथम ब्याचका बिध्यार्थिहरुले स्त्तनपान सम्बन्धि पोस्टर साथै बिधार्थिहरु बिच स्तनपान मैत्री कार्यस्थलको सुनिश्चितता, सबै सरोकारवालाहरुको प्रतिबद्धता बिषयक बक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको प्रतिष्ठानका सदस्य उत्सब चौलागाईले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम सबिता बत्स्याल, द्धीतीय रेस्मि न्यौपाने र तृतिय दिया पराजुली भएका छ्न ।







