शीर्ष नेताहरूकाे बैठक निष्कर्षमा पुग्न सकेन, साढे ३ बजे फेरि बस्ने

जनपत्र
२२ श्रावण २०८०, सोमबार १५:५८

काठमाण्डाै – संसद्को गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेले आह्वान गर्नुभएको बैठक पुनः दिउँसो साढे ३ बजे बस्ने गरी सकिएको छ ।

आज साेमवार सिंहरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू सहभागी बैठक निष्कर्षमा नपुगेपछि पुनः साढे ३ बजे बस्ने गरी सकिएको हो ।

कांग्रेसका मुख्य सचेतक रमेश लेखकले संसद्को बैठक ४ बजेसम्मका लागि सूचना टाँसेर स्थगित गर्ने र त्यसअघि साढे ३ बजे शीर्ष नेताको बैठक बस्ने जानकारी दिनुभयो ।

आजको प्रतिनिधिसभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियो । एमालेले सुन तस्करी प्रकरणमा छानबिन समिति गठनको माग गर्दै संसदमा अवरोध गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*