भारतमा आमा–बुबा, पत्नी र छोरालाई बीच सडकमै गोली हानेपछि एक व्यक्तिले गरे आत्महत्या

भारतकाे कर्नाटक राज्य चामराजनगर जिल्लामा रहेको गुन्डलुपेट नजिक एक जनाले आफ्ना पुरै पारिवारको हत्या गरेर आत्महत्या गरेका छन् । मैसुरुमा बस्ने ओम प्रकाशले घुम्नका लागि घरबाट टाढा निक्लिएका आफ्ना परिवारका चार जना सदस्यलाई गोली प्रहार गरिसकेपछि उनले आफैमाथि गोली चलाएका थिए । उनले पहिला आमा–बुबा, फेरि पत्नी र छोरालाई गोली हानिसकेपछि आफैँमाथि गोली हानेका हुन् ।
सबै जनाको मृत्यु घटनास्थलमा नै भएको प्रहरीले जनाएको छ । घटनाको सूचना पाउनेबित्तिकै प्रहरी घटनास्थलमा पुगेको र शवलाई पोस्टमर्टमका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ । ओम प्रकाशले आफ्ना बुवा, आमा, पत्नी र छोरालाई बाहिर निकालेर झण्डै एक किलोमिटर पर एउटा निजी स्कुलको नजिक पुर्याएपछि अचानक रिभल्भर निकालेर गोलीबारी सुरु गरेकाे बताइएकाे छ ।