‘दुई वर्षमा नेपालमा सिमेन्ट दोब्बर र क्लिंकरमा आत्मनिर्भर हुन्छौं’

जनपत्र
३२ श्रावण २०७६, शनिबार ०६:४०

नेपालमा सिमेन्ट उद्योगको लामो इतिहास नभएपनि नेपाल सिमेन्टमा आत्मनिर्भर भएको सिमेन्ट उत्पादकहरुले बताएका छन् । नेपालमा करिब चार दशकअघि काठमाडौंको चोभारमा हिमाल सिमेन्टको उत्पादन सुरु भएपछि नेपालमा सिमेन्ट उत्पादन सुरु भएको हो ।

अहिले नेपालमा मागभन्दा ५० प्रतिशत बढी उत्पादन भइरहेको उत्पादकहरुले जनाएका छन् । नेपालमा १० लाख टन माग भएपनि १५ लाख टन उत्पादन भइरहेको उत्पादकहरुले बताएका छन् । अहिले नेपालमा ६१ ओटा सिमेन्ट उत्पादक कम्पनीहरुबाट सिमेन्ट उत्पादन भइरहेको छ । तीमध्ये हेटौंडा र उदयपुर दुईओटा सरकारीबाहेक अरु ५९ ओटा निजी क्षेत्रका सिमेन्ट उत्पादक कम्पनीबाट सिमेन्ट उत्पादन भइरहेको छ ।

सिमेन्ट उत्पादकहरुले अब सरकारले सिमेन्टमा निर्यातमुखी वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै आएका छन् । नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर भइसकेकाले अब सरकारले निर्यातमुखी वातावरण बनाउनुपर्ने र आन्तरिक खपत पनि बढाउन पूर्वाधार निर्माणमा जोड दिनुपर्ने समय आएको बताउँछन्, नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*